कारको ठक्करबाट लाजिम्पाटमा स्कुटर चालकको मृत्यु

कारको ठक्करबाट लाजिम्पाटमा स्कुटर चालकको मृत्यु

काठमाडाैंकाे लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।

बुधबार राति २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई  सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका गरूङकाे ठेगाना खुलेकाे छैन ।

गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् । उनकाे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।

स्कुटरलाई ठक्कर दिएर फरार भएकाे कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.