बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

भारतको बैंगलोरमा बुधबार राति भवन भासिँदा एकै परिवारका तीन जना नेपाली सहित ५ जनाको मृत्यु भएको छ।

भवन भासिँदा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको मृत्यु भएको हो।

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्। तीनै जनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ।

ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। घटनामा ७ जना घाइते छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.