आफूलाई सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफूलाई सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफूलाई नेपाल प्रहरीको सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सीआईबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने धादिङ धुनिबेंसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाइलाबाट बुधबार पक्राउ गरेको हो ।

लुइँटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई ‘नेपाल प्रहरीको सिआइबीमा कार्यरत डिएसपी’ भन्दै ठगेका थिए।

आफ्नो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ दिनु भनी पटक-पटक भेट तथा फोन गरी नगद १० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका नक्कली डीएसपी लुईटेलको साथबाट एक थान प्रहरीले बोक्ने जस्तै वाकीटकी सेट, चार्जर र नगद १० हजार समेत  बरामद गरेको छ। पक्राउ परेका लुइँटेलउपर ठगी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.