त्रिभुवन विमानस्थलमा यतीको जहाज धावनमार्गमा चिप्लियो,उडान-अवतरण बन्द

त्रिभुवन विमानस्थलमा यतीको जहाज धावनमार्गमा चिप्लियो,उडान-अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।

विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.