इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तिन जना पक्राउ

इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तिन जना पक्राउ

प्रहरीले गोङ्गबुबाट इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तिन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी महेश थापा नेतृत्वको टोलीले उनीहरुलाई आइतबार गोङ्गबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला लिखु गाउँपालिका-४ का २९ वर्षीय प्रितम राई, सोही स्थानका ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भएका ३६ वर्षीय सविन खवास रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुका साथबाट प्रहरीले मेड इन इटली लेखिएको पेस्तोलसहित सोको गोली, बा ६७ २६६६ र बा ९९ १३०३ का २ मोटरसाइकल बरामद गरेको हो।

पक्राउ परेका ३ जनालाई नै थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकु बुझाइएको प्रहरीले जनाएको छ।

 

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.