युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई  पक्राउ गरेको छ ।

प्रहरीको टोलीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौली घर भइ हाल काठमाण्डाैकाे धापासी बस्ने ३१ वर्षीय नवीनकुमार चौधरीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

चौधरीले युरोप पठाइदिन्छु भन्दै बसन्त केसी लगायतसँगबाट ५१ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ ।

अहिले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको छ ।

चौधरीमाथि लागेको आरोप प्रमाणित भए विगो बमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.