बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ९० पुग्यो

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ९० पुग्यो

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ ।

यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.