नागढुंगाबाट दुई केजी सुनसहित एक पक्राउ

नागढुंगाबाट दुई केजी सुनसहित एक पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकाईछिपाई ल्याएको करिब २ किलो सुनसहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले शनिबार राति भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा रसुवा गोसाईकुण्ड गाउँपालिका-५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई उक्त सुनसहित पक्राउ गरेको हाे ।

बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी ६ सेमि लम्बाई र ११ सेमि मादल जस्तो गोलाई भएको सुन लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी गल्छीसम्म आएका थिए। गल्छीबाट उनी काठमाडौं आउँदै गरेको भैरहवाको गाडी चढेका थिए। प्रहरीले सुन सहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.