धादिङमा बस र माइक्रो एकआपसमा ठक्कर खाँदा १३ जना घाइते

धादिङमा बस र माइक्रो एकआपसमा ठक्कर खाँदा १३ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घटनाको विस्तृत बिबरण आउन बाँकी छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.