बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ

बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको विशेष टोलीले तीन वर्ष यता कामदार भिसामा पोखरा बस्दै आएका अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हाे।  थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ। थोमसले अन्य कैयन बालकमाथी पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

पक्राउ परेका थोमस माथी थप अनुसन्धान भइ रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.