छिमेकीकाे हत्या गरी फरार रहेका कार्की पक्राउ

छिमेकीकाे हत्या गरी फरार रहेका कार्की पक्राउ

प्रहरीले उदयपुरबाट मोस्ट वान्टेड सूचीमा रहेका एक युवकलाई शुक्रबार बिहान पक्राउ गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका ५ दमौतिका ३५ वर्षीय मोहनबहादुर बुढाथोकीलाई २०७३ मंसिर २४ गते बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका साेही ठाँउका ३३ वर्षीय होमबहादुर कार्कीलाई प्रहरीले लालपत्ताबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनालगत्तै उनी मलेसिया गएका थिए। पछिल्लो समय मेलिसियाबाट काठमाडौं आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरी खोजी कार्यलाई तीव्रता दिँदै आएको थियो।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा मंसिर ३० गते ज्यान गएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.