साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएकाे टाेलीले साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोकाे टाेलीले साइप्रस पठाइदिने भन्दै ठगी गरेर ७ वर्षदेखि फरार रहेकी काठमाण्डौ सितापाइला निवासी ४३ वर्षीया पुनम नेपालीलाई मंगलबार सितापाइलाबाटै पक्राउ गरेको हो ।

नेपालीले वैदेशिक रोजगारीमा पठाउन पाइने ईजाजतपत्र बिना नै ६ महिनाभित्र साइप्रस पठाइदिन्छु भन्दै पीडित शान्त कुमार तामाङबाट २०६६ साल असार २९ गते १० लाख पचास हजार रुपैयाँ लगेकी थिइन् ।

तर आफूलाई साइप्रस नपठाएर पैसा ठगी गरेको आरोपमा तामाङले उनीविरुद्ध अदालतमा मुद्दा दिएकी थिइन्। अदालतले वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ असार ३१ गतेको फैसलाले पुनमलाइ पुनमलाई एक वर्ष ६ महिना कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि पुनम फरार भएकी थिइन् ।

बुधबार फैसला कार्यान्वयनको लागि उनलाई काठमाण्डौ जिल्ला अदालतमा पेश गरेपछि कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा, काठमाण्डौमा पठाइएको ब्यूरोले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.