रुपन्देही हत्या प्रकरण : फरार ‘मनोज पुन’ समूहका अर्का व्यक्ति पक्राउ

रुपन्देही हत्या प्रकरण : फरार ‘मनोज पुन’ समूहका अर्का व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई रुपन्देही प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

रुपन्देहीको देवदहका वसन्त पौडेलको हत्यामा संलग्न भई फरार रहेका बुटवल उपमहानगरपालिका–१७ मनहरापुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भन्ने चौधरी डंगोरिया थारुलाई प्रहरीले पक्राउ गरेको हाे । थारु विभिन्न हत्या तथा लुटपाटका घटनामा समेत संलग्न रहेकाे प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका करुवानी बस्ने रमेश चौधरी लगायतसँग आफुसँग १७ तोला सुनका गहना भएको र उक्त गहना बेचबिखन गर्नुपर्ने भन्दै सम्मरी माई गाउँपालिका थुमुवामा बोलाई आफ्नो साथमा रहेको नगद १० लाख रुपैयाँ समेत लुटेर लगेको भन्दै पीडितले जाहेरी दिएका थिए ।

सोही आधारमा खोज्दै जाँदा ओमप्रकाश पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरीले २०६५ सालमा रुपन्देहीकै व्यवसायी शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाएर लुटपाट गर्ने प्रयत्न गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

थारुलाई प्रहरीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ बाट पक्राउ गरेको थियो। पक्राउ परेका थारुलाई डाँका मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.