भारतमा बसेर नेपाली व्यवसायीलाई धम्क्याउँदै रकम ठगी गर्ने एक पक्राउ

भारतमा बसेर नेपाली व्यवसायीलाई धम्क्याउँदै रकम ठगी गर्ने एक पक्राउ

भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याउँदै रकम ठगीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा ललितपुरका ३० वर्षीय उदय गिरी पक्राउ परेका हुन् ।

गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

‘उनले ७५ लाख रुपैयाँ माग गरेका थिए’, ढकालले भने, ‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं ।’ धापाखेलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताएका छन् ।

साथै उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.