विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ड्रयागन एयरको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई उक्त परिमाणको सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, विमानस्थल भन्सार कार्यालयले भने पहेंलो वस्तु बरामद गरेको र उक्त बस्तु सुन नै भए–नभएको पुष्टि भइनसकेको जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.