मेयर-उपमेयर विवादले उग्ररुप लिँदा धनुषामा झडप,उपमेयरसहित आधा दर्जन बढी घाइते

मेयर-उपमेयर विवादले उग्ररुप लिँदा धनुषामा झडप,उपमेयरसहित आधा दर्जन बढी घाइते

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ। कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट उपमेयर सहित आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्।

हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच लामो समयदेखि विवाद रहँदै आएकोमा मेयर मण्डलले केही दिनअघि बेलीमा कार्यालय सारेका थिए।

सामानहरू सार्न नदिई उपमेयर झाले पुरानो कार्यालयमा ताला लगाइदिएकी थिइन्। सो ताला फोडेर सामान सार्न शान्तिसुरक्षा माग्दै मण्डलले प्रशासन गुहारेका थिए।

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल करिब ६० जनाको समूहका साथ आएका थिए। घरेलु हातहतियार सहित उनीहरु दुई वटा ट्याक्टरमा आएका थिए।उपमेयर पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको हो।

‘प्रशासनको सहयोग लिएर प्रहरीसाथ ताला फोड्न गएको मेयर समूहमाथि झाको समूहले ढुंगामुढा गरेको थियो,’ प्रहरी उपरीक्षक शेखर  खनालले भने, ‘भीड नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले दुई राउन्ड टियर ग्यास हानेको हो। प्रहरीले लाठीचार्ज गरेको छैन।’

झडपमा परी उपप्रमुख झासहित, हँसपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायत आधा दर्जन घाइते भएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.