व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीन पक्राउ

व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीन पक्राउ

प्रहरीले विराटनगरका व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा र सार्पसुटर कुलानकुमार सिंहलाई पक्राउ गरेको हाे । मन्नु गुप्ताले लेनदेनको विषयमा विवाद हुदा विराटनगर कै व्यापारी जितेन्द्र रायको हत्या गर्न ५ लाख भारतिय रुपैयामा तीन जनालाई सुपारी दिएका थिए ।

प्रहरीले गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोलीसहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा करिब डेढ महिनापछि हत्या गर्ने योजनाका मुख्य योजनाकार मन्नु गुप्ता, उनका सहयोगी हरिनारायण झालाई पक्राउ गरिएको बताइएको छ ।

सो घटनामा संलग्न भारतका राकेश झा र राजु कुमार रौनियार फरार रहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका विरुद्ध हात हतियार तथा खरखजाना र संगठित अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.