प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने

प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने

प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको थियो।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरीले अनुसन्धान गर्ने क्षेत्र स्पष्ट गर्दै प्रदेश प्रहरीलाई अनुसन्धानको अधिकार दिएको हो। प्रदेश भित्र भएका नेपाल सरकार वादी हुने हुने कसुरको सम्बन्धमा प्रदेश प्रहरीले कानून बमोजिम अनुसन्धान गर्ने अधिकार समितिले दिएको हो।

संशोधित विधेयकमा भनिएको छ, ‘प्रदेश प्रहरीले अनुसन्धान गर्दा प्रचालित कानून बमोजिम अपराध अनुसन्धानका लागि प्रहरी कर्मचारीलाई भएको अधिकारको प्रयोग गर्नेछ।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.