प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ।

रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा शुक्रबार बिहान साढे २ बजेतिर पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराइले जानकारी दिनुभयाे ।

बम प्रहारबाट ढकालले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारको पछाडिकाे भागमा क्षति पुगेकाे छ भने घरमा सामान्य क्षति भएको छ । विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। ढकाल केहि दिनदेखि उपचारका लागि काठमाडौंमा रहेका छन्।

विप्लव समूहले बम बिस्फोट गराएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.