क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगी गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई काँकडभिट्टाबाट पक्राउ गरेको हो। उनले विगत १४ वर्षदेखि आफू क्यानडा रहेको भन्दै विभिन्न मान्छेहरूलाई नक्कली फेसबुकबाट ठगी गर्दै आएको प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए ।

उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा एकाउन्ट खोलेका थिए । ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

खड्काले प्रतिव्यक्ति दुईदेखि चार लाख रुपैयाँसम्म ठग्दै आएको प्रहरीले बताए।

खड्काले पीडितलाई दिल्लीस्थित क्यानडाको दुतावास गएर अन्तर्वार्ता दिएपछि क्यानडा पुगिने आश्वासन देखाएर दमक, धुलाबारी, काँकडभिट्टा, भारत पानीट्यांकीमा बोलाउने गरेका थिए। त्यहाँ पुगेपछि पीडितबाट पैसा लिएर भाग्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।

उनीविरुद्ध ठगी, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको मैनालीले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.