विप्लव समूहका ‘सार्पसुटर’ हतियारसहित पक्राउ

विप्लव समूहका ‘सार्पसुटर’ हतियारसहित पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ‘सार्प सुटर’ भने चिनिने मुनाल उपनामका सुलभ लामालाई हतियारसहित पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेकाे बा २ ख १९८० नम्बरको बसमा सवार उनलाई शनिबार प्रहरीले राजधानीको नागढुंगास्थित चेक प्वाईन्टबाट पक्राउ गरेको हाे ।

उनको साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, २० राउन्ड गोली र एकथान दुरबिन बरामद गरेको छ । उनी विशेष कारबाही दस्ता ९ स्पेसल टास्क फोर्स का सदस्यसमेत रहेको बताइएको छ । उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन् ।

पक्राउ परेकाउनिमाथि सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.