पाँच करोडको लागुऔषध कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

पाँच करोडको लागुऔषध कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले  विमानस्थलबाट करिब ५ करोड नेपाली रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले कतार एयरवेजको जेटबाट दोहादेखि काठमाडौं आउँदै गरेका आइभेरिकोष्टका नागरिक राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय मार्केल गुलीलाइ बुधबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो।  प्रहरीले उनको साथमा एक किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद गरेकाे छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अगाडि उनले ल्याएको नीलो रङको सुटकेस खानतलासी गर्दा कोकिन फेला परेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलगन रहेको देखिएको प्रसाईंले बताए ।

मार्सेल नाईजेरियाको लासोस हुँदै कतारको दोहा र त्यहाँबाट काठमाडौं आएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ।

उनी काठमाडौंबाट दिल्ली जाने योजनामा थिए। उनीमाथि अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.