खुर्पा प्रहार गरी तीजको व्रत बसेकी आफ्नै श्रीमतीको हत्या

खुर्पा प्रहार गरी तीजको व्रत बसेकी आफ्नै श्रीमतीको हत्या

रुकुम (पश्चिम)मा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्।

मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८:०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २:१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.