बन्ने भयो अपराध महाशाखाको आफ्नै हिरासत कक्ष

बन्ने भयो अपराध महाशाखाको आफ्नै हिरासत कक्ष

२०७२ को भूकम्पछि त्रिपालमुनि बस्दै आएको महानगरीय अपराध महाशाखाको काठमाडौंको टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बन्ने भएको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले प्रहरीका यी दुई भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेसँगै उपत्यकामा अपराध महाशाखासहित भद्रकालीमा नेपाल आर्मीको हेडक्वाटर नजिकै काठमाडौं प्रहरी परिसरको पनि नयाँ भवन बन्ने भएको छ।

नयाँ बन्ने अपराध महाशाखाको भवन अत्याधुनिक सुविधा सम्पन्न बन्ने प्रहरी प्रधान कार्यालयको भनाइ छ । यसअघि हनुमानढोका बस्दै आएको काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको भवनमा भूकम्पले क्षति पुगेपछि टेकु सरेको थियो ।

चार वर्षसम्म त्रिपालमुनि बस्दा धेरै समस्या भोग्नुपरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनु भयाे। थुनुवा राख्नेदेखि उजुरी लिन आउनेसम्मलाई अप्ठ्यारो हुने गरेको उँहाको भनाइ छ ।

अहिलेसम्म अपराध महाशाखाको आफ्नै हिरासत कक्ष थिएन। ३ सय भन्दा बढी थुनुवा अट्ने गरी अत्याधुनिक भवन बन्न लागेको एसएसपी थापाले बताउनु भयाे।

टेकुस्थित साल्ट ट्रेनिङको भवनको केही भाग लिएर काठमाडौं प्रहरी परिसरले आफ्नो काम थालको थियो भने सो भित्रै रहेको एउटा पार्टी प्यालेसको आधा भाग कब्जा गरेर अपराध महाशाखाले पनि काम सुरू गरेको थियो।

एक वर्ष भित्रमा निमार्णकार्य सम्पन्न गर्ने गरी नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले मंगलबार दुवै भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.