कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १८ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भएका ३८ वर्षीय भिमसेन भण्डारीलाई भक्तपुर नगरपालिका-२ स्थित बसपार्कबाट  १८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

२०५८ साउन ७ गते काठमाडौं महानगरपालिका-३४ महादेबस्थान टोलमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका काठमाडौं महानगरपालिका-३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले पक्राउ गरेको हो ।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र सो पश्चात लुकिछिपी भक्तपुर जिल्लाको एरियामा अस्थाई सह-चालकको रुपमा बिभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको छ ।

भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.