सुनसरीमा बसको ढोका थुनेर पाँच जनाद्वारा युवतीमाथि सामूहिक बलात्कार

सुनसरीमा बसको ढोका थुनेर पाँच जनाद्वारा युवतीमाथि सामूहिक बलात्कार

सुनसरीमा सोमबार मध्यरातमा यात्रुबाहक बसको ढोका थुनेर पाँच जनाले एक युवतीमाथि सामूहिक बलात्कार गरेका छन ।

इटहरीको धरान विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक बसको ढोका थुनेर धरान घर भएकी युवतीलाई बस भित्रै पाँच जनाले सामूहिक बलात्कार गरेका हुन् ।

धरानबाट को१ख ४६२७ नम्बरको यात्रुबाहक बसमा विराटनगरतर्फ आउने क्रममा बसमा चढेकी युवतीलाई बसका चालक, सहचालक र सहयोगीहरुले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुन्दर हरैंचा नगरपालिका-१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका-४ का सुरज थापा, सिरहा लहान नगरपालिका-४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका-७ का आशिष कार्कीलाई पक्राउ गरेकाे छ । उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

घटनामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे  फरार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले मध्यरातमा बलात्कार भएको घट्ना सुने लगातै प्रहरी परिचलान भएको कारण अपराधि पक्राउ परेको बताए । हामी अहिले घट्नाको अनुसन्धानकै क्रममा छौ उनले भने ।

पिडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको  छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.