बारामा पानीमा डुबेकाे अवस्थामा एकैठाउँमा ५ जनाको शव फेला

बारामा पानीमा डुबेकाे अवस्थामा एकैठाउँमा ५ जनाको शव फेला

बारामा बुधबार साँझ अवैध घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा एकै परिवारका चार जनासहित ५ जनाको शव भेटिएको छ ।

जिल्लाकाे फेटा गाउँपालिका ४, बतरामा खाली घरभित्र मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् ।

खाल्डोमा परेर मृत्यु हुनेमा फेटा गाउँपालिका ४, बतरामाका ४० वर्षीय जोगा मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदार रहेको प्रहरीले जनाएको छ ।

उनिहरुकाे के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.