इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास

इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास

ललितपुरको इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास भएको छ ।

तर, शंका लागेर खरिदकर्ताले मालपोत कार्यालयमा परीक्षण गर्दा अर्कैको नाम भेटिएपछि संलग्न गिरोह पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले शुक्रबार भक्तपुर सूर्यविनायककी सुष्मा श्रेष्ठ, बाङ्गेमुडाकी निर्मला श्रेष्ठ, सितापाइलाकी निलिमा श्रेष्ठ र इमाडोलका निरज ताम्राकारलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

उनीहरुको साथबाट कम्प्युटर सेट, मोबाइल सेट, ब्लु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनी प्रमाणपत्रमा प्रयोग हुने १० वटा रातो कभर, कीर्ते कागज तयार गर्न प्रयोग हुने ४ वटा रबर स्ट्याप, प्याड र अन्य विभिन्न व्यक्तिको नाममा रहेको १५ वटा कीर्ते लालपूर्जा बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.