आइजिपीको त्यो आँट जसले कृष्णबहादुर महरालाई हिरासतमा पुर्‍यायो

आइजिपीको त्यो आँट जसले कृष्णबहादुर महरालाई हिरासतमा पुर्‍यायो

एक साता अघि सभामुख कृष्णबहादुर महरामाथि गम्भिर आरोप लाग्यो। संसद संचिवालयकै कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले गत सोमबार पदबाट राजीनामा दिए।

बलात्कार जस्तो जघन्य आरोप लागेपछि त्यसको अनुसन्धान गर्ने काम प्रहरीको थियो। महरालाई बलात्कारको आरोप लगाउने कर्मचारीले बोली फेरिन । प्रहरीमा जाहेरी दिन मानिनन् ।

बल्ल तल्ल उनले गत शुक्रबार प्रहरीमा जाहेरी त दिइन तर बलात्कार होइन बलात्कार गर्ने प्रयास गरेको भन्दै । तत्काल महरालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउनुपर्ने दबाब प्रहरीमा आइ लाग्यो।

कतिले महरालाइ उन्मुक्ति दिइदैँछ भन्ने आरोप लगाए। यसैबीच महरालाई पक्राउ गर्न सकेन भनेर प्रहरी संगठनको पनि आलोचना भयो । कतिले यहि बखत आइजिपीको भष्टाचारको कुरा निकाले। कतिले आइजिपी परिवर्तनको हल्ला चलाए।

ती हल्ला प्रहरीमा बन्दोबस्ती र राशन ठेक्का नपाएका ठेकेदारहरुले चलाएका थिए। तर आइजिपी खनाल प्रक्रियागत रुपमा जान चाहन्थे । पछि फेरि कुनै समस्या नआओस भनेर । हतारमा लडबडाउदा निर्मला पन्तको मुद्दामा प्रहरी असफल भएको थियो। महरा काण्डमा पनि प्रहरी तल नपरोस भनेर खनालले प्रधानमन्त्री र गृहमन्त्रीसँग राय लिए।

प्रधानमन्त्री र गृहमन्त्रीले ग्रिन सिग्नल पाएपछि खनालले महरालाई पक्राउ गर्न कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं प्रहरी परिसरलाई निर्दैशन दिए। परिसरले आइतबार महरालाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लियो । बालुवाटारस्थित सभामुख निवासबाटै महरा पक्राउ परे। खनालले आँट नलिएका भए महरा पक्राउ नपर्न पनि सक्थे।

खनाल अपराधहरुको अनुसन्धानमा नयाँशैली र चमत्कारी परिवर्तन देखाइ दिने अधिकारी हुन। संगठित अपराधमा संलग्नलाइ पक्राउ गर्ने, वर्षौंसम्म नसुल्झिएको अपराधमा संलग्नलाइ पक्राउ गर्ने, चर्चित हत्याकाण्डमा संलग्न आफ्नै संगठनका पुर्व अधिकृतलाइ समेत कानुनको कठघरामा उभ्याउने देखि सभासद बनाइदिन्छु भन्दै राजनीतिक म्याच फ़िक्सिङ्गको आडमा पैसा कमाउन खोज्नेलाइ पनि पक्राउ गरेका थिए।

प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा रहदाँ उनले नौ महिना को अवधिमै दुईसय वटा अपराधका घटनाको सफल अनुसन्धान गर्न सफल भएका थिए ।जुन घटनाहरु आमसर्वसाधारणले नजरअन्दाज गर्न समेत सक्दैनन् ।

राष्ट्रिय स्वाभिमानसंग जोडिएको फुटवल खेलमा फष्टाउदो ‘म्याच फिक्सिङ’, पेट्रोल पम्पमा स्वचालित रिमोटकन्ट्रोल, राजनीतिक पार्टीको आडमा गुण्डागर्दीका नाइके कुमार घैटे श्रेष्ठको मृत्यु, १२ जना नक्कली चिकित्सक, १० वर्ष जेल सजाय पाएका कुख्यात लागूऔषध कारोवारी सन्की भन्ने रावरण जीत तामाङको पक्राउ खनालका सफल अनुसन्धानका पाटा हुन।

अष्ट्रेलिया, चीन, भारत, दुवई, थाइल्याण्ड, लगायतका देशहरुमा हुण्डी मार्फत रकम पठाउने १ करोड ७४ लाख रकम सहित खिचापोखरी र न्यूरोडका १५ जना ब्यापारी पक्राउ गर्न उनी सफल भएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.