प्रधानमन्त्री र गृहमन्त्रीले गरे नेपाल प्रहरीको प्रश‌ंसा

प्रधानमन्त्री र गृहमन्त्रीले गरे नेपाल प्रहरीको प्रश‌ंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न दिइने बताएका छन। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ६४ औं प्रहरी दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरीले गर्ने निष्पक्ष अनुसन्धानलाई दबाब दिन नहुने बताएका हुन्।

‘प्रहरीले ब्यक्तिको पद, हैसियत र सम्पत्ति हेरेर मानिस पक्राउ गर्ने होइन,’ प्रधानमन्त्री ओलीले भने ‘आफ्नै पार्टीका उच्च नेता तथा पुर्व सभामुख कृष्णबहादुर महराप्रति लक्षित गर्दे भने, कानुन अनुसार के कसुर गरेको त्यो अनुसार पक्राउ गर्ने हो। ‘

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरीले कसरले अपराध गर्यो त्यो हेर्ने काम प्रहरीको भन्दै कसको सरकार छ भनेर वास्ता गर्ने होइन भने। प्रहरीले पक्ष विपक्ष नहेरिकन,कसैको कुरा नमानी काम गर्न उनले निर्देशन दिए।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले हिंसाका बाटो रोजी फेर पनि विकासको बाधक बन्नेहरुलाई नछाडिने बताए। संविधान नमान्ने, कानुन नमानि देश द्रोहको काम गरि रहे सरकार चुप लागेर नबस्ने उनले सुनाए।

उनले त्यस्ता गतिविधि गर्नेहरुमाथि कडा निर्देशन राख्न सुरक्षा निकायहरुसँग आग्रह गरे। उनले नेपाल प्रहरीले देश र विदेशमा खेलेको भुमिकाको प्रशंसा गरे। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सडकदेखि संयुक्त राष्ट्रसंघमा

प्रहरीले बनाएको पहिचानको खुलेर प्रशंसा गरे। उनले संयमित भएर काम गर्न सकल दर्जाका प्रहरीसँग आग्रह गरे। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कसैले पनि कुनै प्रकार प्रकारको आर्थिक अनियमितता नगरेको प्रष्ट पारे।

उनले भने ‘प्रहरी संगठनभित्र आर्थिक अनियमितता छैन, अपराध विरुद्धको कारबाहीमा शुन्य सहनसिलता भन्ने निति अक्षरस पालना गरेका छौं। ‘

संगठनभित्र जवाफदेहिता र सुद्धिकरणका कामहरु भएका छन्। ‘गैर ब्यावसायिक क्रियाकलापले संगठनलाई विषाक्त बनाउने हुदाँ त्यसको पहिचान र निधानमा पनि म स्पष्ट छु,’ महानिरीक्षक खनालले भने । उनले पछिल्लो समय अन्तरदेशिय अपराध संजाल बढेको बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.