पुनः म्याद थपका लागि महरालाई आज अदालत लगिँदै

पुनः म्याद थपका लागि महरालाई आज अदालत लगिँदै

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

अघिल्लाे पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.