२९ लाख रुपैयाँसहित ६ जना हुण्डी कारोबारी पक्राउ

२९ लाख रुपैयाँसहित ६ जना हुण्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले २९ लाख रुपैयाँसहित हुण्डी कारोबारीहरूलाई पक्राउ गरेको छ।

पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित उनिहरूलाई पक्राउ गरेको हाे ।

प्रहरीले शुक्रवार वीरगञ्ज महानगरपालिका १६ बाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका १४ का २५ वर्षीय मन्टुकुमार साहलाई ४ लाख ५० हजारसहित पक्राउ गरेको थियो ।

बिहीबार मात्रै सोही ठाउँबाट प्रहरीले २ वटा मोटरसाइकलमा आएका ३ जनालाई १० लाख नगद र ५ थान मोवाइलसहित पक्राउ गरेको थियो ।

भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका-२ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका-२ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइ/अढाइ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हाे ।

यसअघि गत सोमबार वीरगञ्ज-१६ रजतजयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा-१६ घरभइ वीरगञ्ज-१६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवार ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिहरूलाई अवैध वित्तीय करोबार कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.