मानव तस्करीमा संलग्न नेपाली महिला भारतबाट पक्राउ

मानव तस्करीमा संलग्न नेपाली महिला भारतबाट पक्राउ

अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु-याउन सक्रिय एक नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला निवासी कल्पना राई रहेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु-याएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले उनलाई पक्राउ गरेकाे हाे ।

बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएकी छैनन् । हाल उनीहरु रुपैडिया मै सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।

प्रहरीले कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ख सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद गरेको छ ।

अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.