विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिक पक्राउ

विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेकाे छ ।

ड्रुक एयरको उडानद्वारा भुटानतर्फ जान लागेका ५१ वर्षीय भुटानी नागरिक गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजान लागेको ९९९’ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको दुई केजी चाँदीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा राहदानी नम्बर जि १२८९३२ वाहक दोर्जेको साथमा रहेको उक्त परिमाणको चाँदी फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दोर्जेलाई बारमद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.