कर्तव्य ज्यान मुद्दामा फरार दुई अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

फरार अभियुक्त उत्तरी धादिङको खनियावास गाउँपालिका ३ (साविकको दार्खा गाविस वडा २) का गोम लामा तामाङ र सुक लामा तामाङलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हाे।

२०५९ साल कात्तिक २९ गते साविकको दार्खा गाविस वडा नं २ देउरालीमा भारतीय सेनामा कार्यरत सोही ठाउँका २४ वर्षीय परशुराम तामाङको कुटपिटबाट हत्या भएको थियो । धारिलो हतियार प्रहार गरि कुटपिट भएलगत्तै गम्भीर घाइते भएका परशुरामकाे उपचारको क्रममा मृत्यु भएको थियो ।

श्रीमानको मृत्यु भएपछि कुटपिटमा संलग्न ६ जना विरुद्ध श्रीमती छन्दर तामाङले कर्तव्य ज्यान मुद्धा दायर गरेकी थिइन् । मुद्धा दर्ता भएदेखि फरार रहेका गोम लामा र सुक लामालाइ काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा धादिङ प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यरोको टोलीले पक्राउ गरि धादिङ प्रहरीलाइ बुझाएको हो ।

पक्राउ परेकालाई सोमबार नै जिल्ला अदालत धादिङमा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.