आसामको बेश्यालयबाट सात नेपाली महिलाको उद्धार

आसामको बेश्यालयबाट सात नेपाली महिलाको उद्धार

भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट गत जुलाई १४ तारिखमा उनीहरुको उद्धार गरेको हो ।

सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।

‘उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए ।

गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।

उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि  प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ ।

सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.