कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

नेपाली कांग्रेसका दुई नेताबीच आज बिहान वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ ।

प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकमै कुटाकुट भएको हो ।

चिया पसलअगाडि भएको भनाभनपछि दुवै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् ।  कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.