प्रहरीमा भनसुन चल्दैन : प्रहरी महानिरीक्षक खनाल

प्रहरीमा भनसुन चल्दैन : प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताउनु भएकाे छ।

बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनु भएकाे हाे ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी गर्नुभयाे ।

उँहाले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरूसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताउनु भयाे।

उँहाले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरूको साझेदारी कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयाे।

बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा संचालन हुनेछ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.