विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियाल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतीय नागरिक ४७ वर्षीय आश्फिक मिर्जा छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको ५ सय दरका ३१८ थान गरी उक्त रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.