बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा फेला

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा फेला

काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा४ख ६१४ नम्बरको बस र चालकलाई रामेछापबाट पक्राउ गरिएको हो । ७२ वर्षीय डाक्टर जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो ।

जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएपछि प्रहरीले दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानका आधारमा डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको परिसरका प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।

स्रोतका अनुसार पक्राउ परेका सवारी चालकले भने दुर्घटना गराएको अस्वीकार गरेका छन् । यद्यपि, बस्तुस्थितिले उनकै गाडी घटनामा संलग्न भएको देखिने प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.