किर्ते हस्ताक्षर गरेर बैङ्कबाट २० लाख चोरी गर्ने ६ जना पक्राउ

किर्ते हस्ताक्षर गरेर बैङ्कबाट २० लाख चोरी गर्ने ६ जना पक्राउ

खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न खातावालाको किर्ते हस्ताक्षर गरेर जनता बैँक र एनआइसी एसिया बैँकबाट उनिहरुले २० लाख रकम निकालेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ ।

‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो ।

आफ्नो खाताबाट रकम गायब भएको भन्दै खातावालले दिएको उजुरीपछि उनीहरुलाई पक्राउ गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.