अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक १९ जनाकै सनाखत (नामसहित)

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक १९ जनाकै सनाखत (नामसहित)

अर्घाखाँचीकाे सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा  १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको थियाे ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १८ जना घाइते भएका मध्ये भैरहवामा सात जनाको र नौ जनाको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

मृत्यु हुनेहरुको नामावली

१) शिवलाल भट्टराई (५६) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा

२) माया पुरी (२२) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा

३) बलराम भट्टराई (५४) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा

४) शोभाखर पोख्रेल (३ महिना) वाणगंगा नगरपालिका ७ कपिलवस्तु

५) सीता बस्नेत (२७) वाणगंगा नगरपालिका ८ कपिलवस्तु

६) छविलाल गैरे (५४) सन्धिखर्क नगरपाकिला–१०

७) मोनिका खड्का (९) सन्धिखर्क नगरपाकिला–७

८) वसन्त भन्ने ओमबहादुर थापा (सवारी चालक, ३२) गुल्मी मदाने गाउँपालिका

९) शैलैस थापा (२२) भूमिकास्थान नगरपालिका ९ अर्घाखाँची

१०) सन्तबहादुर बस्नेत (३८) सितगङ्गा नगरपालिका–२

११) राजकुमार महत, (२७) धुर्कोट गापा २ गुल्मी

१२) सीता कुमारी सार्की (५९) सन्धीखर्क नगरपालिका २

१३) सीता घिमिरे (५०) भुवनेश्वरी नगरपालिका ९

१४) विष्णुमाया गैरे (५०) भुवनेश्वरी नगरपालिका ९

१५) मघनाथ जैसी भण्डारी (५१) भुवनेश्वरी नगरपालिका ७

१६) मञ्जु विक (१५) सीतागंगा नगरपालिका १

१७) कृष्णबहादुर सुनार (४२) छत्रदेव गापा ८

१८) लोकबहादुर दर्जी (४८) सीतागंगा नगरपालिका ७

१९) हरिबहादुर दर्जी (५५) सीतागंगा नगरपालिका ७

यो पनि पढ्नुहोस

अर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या १९ पुग्यो, ११ काे सनाखत

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.