एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ६ जनासहित ७ जनाकाे मृत्यु

एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ६ जनासहित ७ जनाकाे मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार एकै परिवारका ६ जनासहित ७ जनाकाे मृत्यु भएको छ ।

बिरामी बोकेर विराटनगरबाट उदयपुर जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

दुर्घटनामा मृत्यु हुनेमा ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३१ वर्षीय दिनेश राई र ३५ वर्षीय मुकेश राई र शिवमाया राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.