अनलाइन विज्ञापनबाट ८ लाख ठगी गर्ने दुई पक्राउ

अनलाइन विज्ञापनबाट ८ लाख ठगी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सामाजिक सञ्जालमार्फत ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा सिन्धुपाल्चोककाे चौतारी साँगाचोकगढी– १० का २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायका २४ वर्षीय अमन अवाल छन्।  प्रहरीले उनिहरुलाई भक्तपुरबाट पक्राउ गरेको हाे ।

सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् भारतीय सीम प्रयोग गरेर अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनलाइनबाट सामान मगाई आफ्नाे बैंक खातामा रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गरेका थिए। रकम आफ्नो खातामा आएपछि उनीहरुले सामान अर्डर गर्नेहरुसँग सम्पर्कविहिन भएका थिए। यसरी अन्य व्यक्ति पनि ठगिएको भए उजुरी दिन प्रहरीले आग्रह गरेको छ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.