गढीमाई मेलाबाट फर्कंदै गरेको भ्यान दुर्घटना : २ को मृत्यु,१४ घाईते

गढीमाई मेलाबाट फर्कंदै गरेको भ्यान दुर्घटना : २ को मृत्यु,१४ घाईते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्

गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर बुधबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ ।

गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गइरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको घाईतेहरुले बताएका छन् ।

पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.