पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्वरको जीप आज बिहान दुर्घटना हुँदा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्कीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीप सडकबाट करीव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण समेत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा अरू कोही नभेटिएकोले जीपमा चालक र सहचालक बाहेक कोही नभएको हुन सक्ने प्रहरीले बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.