सिद्धबाबालाई पुनः ७ दिनकाे म्याद थप

सिद्धबाबालाई पुनः ७ दिनकाे म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा उर्फ कृष्णबहादुर गिरीबिरूद्ध थप सात दिनको म्याद तोकि अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीले दिएको चारदिने म्याद सकिएपछि पुनः ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पु¥याएको थियो ।

पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.