नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीमा ८ एसपी र २७ डीएसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको छ ।

कार्यालयले उपत्यकाका तीन बृत्त र केही जिल्लाका इन्चार्जहरूकाे काज सरूवा गरेकाे हाे । ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएकाे हाे ।

प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज सरव गरिएको छ । स्याङ्जामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा तानिएको छ । भने सर्लाहीमा विश्वमणी पोखरेललाई काज गरिएको छ । उनी यसअघि प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत थिए ।

उपत्यकाका तीन वृत्तका डीएसपी र केही जिल्लाका इन्चार्जहरूको काज सरूवा भएको छ । ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व र नयाँ कमाण्ड हेरफेर गरिएको हो ।

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटमा घनश्याम श्रेष्ठको काज सरुवा भएको छ । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डीएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ। यसअगाडि लहानमा कार्यरत डीएसपी भेषराज रिजाल पुनः गोरखा पुगेका छन् ।

आकर्षक पोस्टिङ् मानिने कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन् ।

हेर्नुहोस् को कहाँ पुगे ?

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.