आइजिपी खनालद्वारा साग खेलकुद भइरहेको जनकपुर र पोखरामा स्थलगत निरीक्षण

आइजिपी खनालद्वारा साग खेलकुद भइरहेको जनकपुर र पोखरामा स्थलगत निरीक्षण

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यका बाहिर जनकपुर र पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण भ्रमण गर्नुभएकाे छ ।

गत शुक्रबार जनकपुर पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएका खनालले आइतबार पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिनु भएकाे हाे ।

सो क्रममा खनालले सुरक्षा र खेलकुदमा पदाधिकारीसँग अन्तर्क्रिया गर्नुभयाे। कार्यक्रमममा प्रहरी महानिरीक्षक खनालले साग खेलकुदमा सुरक्षा मजबुत बनाउन निर्देशन दिनुभयाे।

खनालले आइतबार नै वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गर्नुभयाे। उँहाले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गर्नुभएकाे थियाे।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.