विमानस्थलबाट अवैध अमेरिकी डलरसहित पाकिस्तानी नागरिक पक्राउ

विमानस्थलबाट अवैध अमेरिकी डलरसहित पाकिस्तानी नागरिक पक्राउ

प्रहरीले आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेकाे छ ।

मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका पाकिस्तानी नागरिक अघा जेसान हैदरलाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको अवस्थामा उनकाे साथबाट ११ हजार ९ सय ९४ अमेरिकी डलर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.